‘तिमी को हौ ?’ भन्दै डी. पी. दाहाल परिश्रमी (भिडियो)



काठमाडौँ। गीतकार डी. पी. दाहाल परिश्रमीले युवाहरुको मन जित्ने प्रयास स्वरुप ‘तिमी को हौ ?’ बोलको गीतको भिडियो डिलाइट नेपाल नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

गीतमा मनोहर सुनामको सङ्गीत रहेको छ भने मारीया सुनामले स्वर दिएकी छिन् । मारियाको यो पहिलो रेकर्डेड गीत हो । गीटारलाई बेस गरेर बनाईएको यस गीतमा प्रकाश मिश्रले माष्टरिङ गरेका छन् । यस गीतकी प्रस्तुतकर्ता रिता सिम्खडा दाहाल हुन् ।

ह्वाइट मिडियाको उत्पादन सहयोग रहेको यस गीतबाट नवगायिका मारीयाले निकै आशा गरेकी छिन् । भिडियोको छायाङ्कन नवराज घिमिरेले र सम्पादन अभिषेक राजोपाध्यायले गरेका हुन् ।