डिमन र अर्नबिको तीज भिडियो ‘नाच्ने हो बेसरी’ सार्वजनिक



काठमाण्डौं । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर गायक टेकेन्द्र रोकाया र गायिका तृप्ती खड्काको आवाजमा नयाँ तीज गीत ‘नाच्ने हो बेसरी’ को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा टेकेन्द्र रोकायाको शब्द तथा लय रहेको छ । तिज पर्वमा आपसमा दिदि बहिनी भेला भएर गीत गाएर नाच्ने गीत बनेको छ ।

सार्वजनिक भिडियोमा दिनेश पराजुलीको छायाँकन, राजेश कुमारको सम्पादन तथा टिकाराम विश्वकर्माको निर्देशन रहेको छ । भिडियोमा डीमन क्षेत्री र अर्नबि ढुगांना फिचर्ड छन् । भिडियो टेकेन्द्र रोकायाको आफ्नै यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। यो भिडियोको जोडी डिमन र अर्नबिले यस अघि पनि संगै काम गरि सकेका छन्। गायक राहुल रक्सको प्रेम भावको गीत ‘तिमि रिसाउदा’ मा यो जोडीले संगै काम गरेका थिए। उक्त भिडियोलाई दर्शकले रुचाएका थिए अब यो भिडियोलाई दर्शक श्रोताले कत्तिको रुचाउने हुन् हेर्न बाँकी छ।