दिपकको ‘मानिसको चोला’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: दिपक तिवारी स्वर रहेको ‘मानिसको चोला’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। बिकाश चौधरीको संगीत तथा एरेन्ज रहेको सार्वजनिक गीतमा गायक स्वयम को शब्द रहेको छ । गीतको म्युजिक भिडियोमा केवल भुजेल र सोनी परियार फिचर्ड छन् । म्युजिक भिडियोलाई सागर चौहान (किरण )ले निर्देशन गरेका छन् भने भिडियोको छायाँकन गणेश सापकोटाको सम्पादन तथा कलर नेत्र गुरुङको रहेको छ।

ग्लोबल नेपाली मिडियाको प्रस्तुति मा निर्माण भएकोसार्वजनिक भिडियो मानिसको जिबनको यथार्थ जिबन संग मेल खान रहेको र यो गीतको भाब अनुसार कलाकारहरुले पनि राम्रो काम गरेको भिडियोमा देखिन्छ ।सार्वजनिक भिडियो नेपालको सुन्दर पोखराको एक माझी परिवारमा अन्तर जातीय बिबाह पछि समाज भोग्नु पर्ने कथा प्रस्तुत गर्न खोजिएको छ ।