देवेन्द्र पाण्डेको निर्देशनमा दशैं गीत ‘अभागी परदेशी’ सार्वजनिक (भिडियो)


काठमाडौँ। लोकदोहोरी गायक राजेन्द्र कँडेल र गायिका शान्तिश्री परियारको स्वरमा रहेको गीत ‘अभागी परदेशी’ सार्वजनिक गरिएको छ । गीतमा भिसु भण्डारीको शब्द तथा गायक कँडेलकै लय रहेको छ ।

गीतको भिडियोमा मोडल विकास लामिछाने र रुपा कँडेल फिचर्ड छन् । भिडियोले प्रदेशमा रहेको युवाले स्वदेशकी प्रेमिकाको सम्झना गरेको देखाइएको छ । देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन र विकाश दाहालको सम्पादन रहेको छ ।