देव तन्डुकारको ‘हल्ला भो’ सार्वजनिक (भिडियो)



सेलिब्रेटी नेपाल। देव तन्डुकारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ ‘हल्ला भो’ बोलको रमाइलो गीतमा शब्द तथा संगीत जितेन लेप्चाको रहेको छ। माया प्रेममा भएको एक जोडीको गाउँ घरमा हल्ला भएको कुरा भिडियोमा देखाउन खोजिएको छ। फणिन्द्र राईको संगीत संयोजन रहेको छ।

रुशील अमात्यले निर्देशन गरेको भिडियोलाई बासु बरालले छायांकन गरेको भिडियोलाई सम्पादन शिलन लम्सालले गरेका छन् सार्वजनिक भिडियो हाइलाईट्स नेपालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो। भिडियोमा भिमसेन खतिवडा,लक्षुमन चौलागाईं,मन महर्जन,गंगा चौहान,निशा श्रेष्ठ,सबिन जमकट्टेल,मनोहर बस्नेत र साल्भिक सुर्खेतिको अभिअन्य रहेको छ। देव तन्डुकारको यस अघि पनि थुप्रै गीत सार्वजनिक भई सकेका छन्। केहि समयको ग्यापमा यो गीत रेकर्ड गराएका तन्डुकारले अब निरन्तर अरु गीतहरु पनि सार्वजनिक गर्दै जाने बताए।