दाजुभाई तीज गीत (भिडियो)



काठमाडौँ। गायक पशुपती शर्मा,अर्जुन सापकोटा,राजु ढकाल र यज्ञ सापकोटाको स्वरमा तीज गीत ‘दाजुभाईहरुको तीज’ सार्वजनिक गरिएको छ। अर्जुन सापकोटाको संगीत रहेको गीतमा अर्जुन र यज्ञको शब्द रचना रहेको छ। पछिल्लो समय सार्वजनिक भईरहेका तीज गीतहरु भन्दा यो गीत फरक कन्सेप्टमा तयार गरिएको छ।

मदन खड्काले निर्देशन गरेको भिडियोमा बिरेन्द्र भट्टको छायाँकन र अनिल रानाको सम्पादन रहेको छ। भिडियोमा पशुपती शर्मा,अर्जुन सापकोटा,राजु ढकाल, यज्ञ सापकोटा र बिना बिस्वकर्मा फिचर्ड छन्। सार्वजनिक गीतमा छोरा मान्छेलाई तीजको गीत नगाउनु भनेको गुनासो पनि समेटिएको छ। भिडियो अर्जुन सापकोटाको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।