चिरञ्जीवीको ‘बदमास’ सार्वजनिक (भिडियो)



सेलिब्रेटी नेपाल। प्रायः सबै विधाका गीत गाइसकेका युवा गायक चिरञ्जीवी भण्डारी आफ्नो बिल्कुलै नौलो स्वाद बोकेको गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् । ‘बदमास‘ शीर्षकको उक्त गीतको म्युजिक भिडियो बिहिबार सार्वजनिक गरिएको छ । सार्वजनिक गीतलाई संगीतकार भीम बिसीले संगीतबद्ध गरेका छन् भने शब्दहरु विक्रम सुन्दासले रचना गरेका हुन् । गीतमा पुष्कर सुनुवारले संगीत संयोजन गरेका छन् ।

दिलिप ओखेडाद्वारा निर्देशन तथा नृत्य निर्देशन गरिएको उक्त गीतको म्युजिक भिडियोमा मोडल तथा सञ्चारकर्मी सोनिका रोकाया तथा दिपेन्द्र सोनामले अभिनय गरेका छन् । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त गीतको भिडियोमालाई विष्णु खड्काले समदन गरेका छन् । यो भिडियो ओएसआर डिजिटलको च्यानलबाट सार्वजनिक गरिएको हो।