छेसाङ्गको ‘माया’ मा सुजाता (भिडियो)



काठमाडौँ। गायक छेसाङ्ग लामाको आवाज रहेको ‘माया’ वोलको गीत भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक स्वयमकै शव्द र संगीत रहेको छ । गायक उदेश श्रेष्ठ र छेसाङ्ग स्वयमले एरेन्ज गरेको गीतलाइ उदेश श्रेष्ठले मिक्सिङग गरेका हुन ।

गीतको म्युजिक भिडियोलाइ पासाङ्ग योञ्जन लामाले निर्देशन गरेका छन । दिनेश पराजुली र पुजन पोखरेलको छायाँकन रहेको यो भिडियोमा दिनेश अलीको सम्पादन,रंजन न्यौपानेको कलर करेक्सन र पर्वत भुजेलको ग्राफिक्स रहेको छ। छेसाङ्ग लामा र सुजाता लामा फिचर्ड भिडियो योहो टेलिभिजन एचडिको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।