पुजन बनिन् ‘चमेली’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं:मेलिना राईको स्वर रहेको नयाँ गीत ‘चमेली’ सार्वजनिक गरिएको छ । लोकपप शैलीमा तयार भएको गीत म्युजिक भिडियो सहित सार्वजनिक गरिएको हो । मुनाल शिशिर कोइरालाको निर्देशन रहेको भिडियोमा पुजन घिमिरे र बरुणको अभिनय देख्न सकिन्छ । भिडियोमा मोडल पुजन घिमिरेलाई नेपाली चोली र फरियामा आकर्षक श्रृगार सहित उतारिएको छ । गीतमा बालकलाकार ओजस्वी दुलालको समेत अभिनय रहेको छ ।

गीतमा शब्द तथा संगीत राजकुमार श्रेष्ठ र एरेन्ज पुष्कर सुनवारको रहेको छ । गीत मार्फत गीतकार श्रेष्ठले एउटा गाउँकी केटीको चन्चले पनको बर्णन गरेका छन् । भिडियोमा भने सुजन श्रेष्ठको छायाँकन र अर्जुन पोखरेलको सम्पादन छ ।