बुद्ध लामाको ‘चन्चली ‘मा आनन र कुसुम (भिडियो)



काठमाडौँ। पहिलो नेपाल आइडल विजेता गायक बुद्ध लामा पछिल्लो समय गायनमा ब्यस्त रहेका छ्न । नयाँ नयाँ गीतको रेकर्ड र म्युजिक भिडियोमा व्यस्त रहेका उनको नयाँ गीत ‘चन्चली’सार्वजनिक गरिएको छ । अविनाश राइको शब्द ,संगीत र संजीव बराइलीको एरेन्ज रहेको गीतको भिडियोमा मोडेल आनन सिंह र कुसुम गुरुङको अभिनय रहेको छ ।

फुलबुट्टे सारीको मेल भर्सनबाट अभिनय यात्रामा पाइला सारेका आननको त्यसपछि नायिका पुजा शर्मा सगको ‘तिमी आउने जाने’ पनि सफल बन्यो ।’चन्चली’लाई अनुप चापागाईले निर्देशन गरेका हुन । बुद्ध थापाको छायांकन र बिकास दाहालको सम्पादन रहेको भिडियोलाई नेप्लिज एक्सट्रिम (NEPALESE EXTREME) युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।