किन पिडामा विकाश र रक्षा ?[भिडियोसहित]


काठमाडौं । विकाश लामिछाने र रक्षा श्रेष्ठ फिचर्ड ‘न बचाउन सकें’बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

सोमबार राजधानीमा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा गीतको भिडियो सार्वजनिक गरिएको हो ।

दुर्गा प्रसाद रिमालको शब्द, कल्याण सिंहको संगीत रहेको गीतमा तुलसी शिवाकोटीको स्वर रहेको छ । गीतको शब्द तथा भिडियोमा समावेश गरिएका दृश्यले दर्शकलाई भावुक बनाउने खालका छन् । भिडियोमा विकाश र रक्षाका अलावा एलिश खनालको समेत अभिनय रहेको छ ।

विकाश र रक्षालाई भिडियोमा श्रीमान–श्रीमतीको रुपमा देख्न सकिन्छ । आफ्नो बिरामी छोरालाई बचाउन नसक्दाको पिडा गीत र भिडियोमा प्रस्तुत छ ।

दिनेश श्रेष्ठले एरेन्ज रहेको गीतको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । भिडियोमा बुद्ध थापाको छायांकन, विकाश दाहालले सम्पादन छ ।

हेर्नुहोस् भिडियो :