भानुप्रतापको अस्ट्रेलियामा छायाँकन गरेको हिन्दि गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपाली यु–ट्युब च्यानलबाट एउटा हिन्दी गीत सार्वजनिक भएको छ । ‘क्या क्या’ बोलको उक्त हिन्दी गीतको भिडियो मेकिङमा पनि बलिउड शैलीकै छ । अष्ट्रेलियामा छायांकन गरिएको उक्त भिडियोमा पुकार गौतम, रोजी पन्त, दिपा श्रेष्ठ, सन्दिपलाई फिचर्ड गरिएको छ ।

सार्बजनिक भिडियोलाई कलाकार भानुप्रतापले निर्माण गरेका हुन् । नेपाली चलचित्रमा खलनायकका रुपमा चिनिएका भानुप्रताप केही समययता नेपाली चलचित्र क्षेत्रबाट हराएका थिए । उनको खोजी भइरहेकै बेला उनले अष्ट्रेलियाबाट हिन्दी गीत ‘क्या क्या’को भिडियो प्रस्तुत गरेका हुन् । उनी केही समययता अष्ट्रेलियामा छन् ।

एमसन इन्टरटेनमेन्ट तथा अरबिट अस्ट्रेलिया ग्रुपको संयुक्त प्रस्तुतीमा रहेको उक्त भिडियोमा भानुप्रतापसँगै अमर रसाइलीको पनि निर्माण रहेको छ । मनोज अधिकारीको निर्देशनमा बनेको यस भिडियोलाई फिल्मीशैलीमा छायाँकन गरिएको छ । प्रभात यादवले गानएको यो ‘क्या क्या’ गीतको संगीत अञ्जान श्रेष्ठले गरेका हुन् । भिडियोमा राह शर्माको सिनेमाटोग्राफी तारिफयोग्य छ । यस भिडियोका लागि मेकिङ कन्सेप्ट पनि भानुप्रतापले गरेका हुन् ।
यो तीज गीत पनि हेर्नुहोस