गजमेरको ‘हुदैछ रे तिम्रो विहे’ सार्वजनिक (भिडियो)



काठमाडौँ। आधुनिक गीत ‘हुदैछ रे तिम्रो विहे’ युट्युव मार्फत सार्वजनिक गरिएको छ । अशोक गजमेरको स्वर रहेको सो गीत त्रिकोणात्मक माया प्रेममा बगेको छ । रिजन बोहराको शब्द संगीत, टंक लिम्बुको एरेन्ज मिक्स मास्टरिङ, सुजन श्रेष्ठको सिनेम्याटोफ्री तथा सम्पादन रहेको भिडियोलाई विक्रम फागो लिम्बुले निर्देशन गरेका हुन् ।

सार्वजनिक भिडियोमा करण धिताल, जेसिका शर्मा र बिगनेस एमएनले अभिनय गरेका छन् । झापा दमकका विभिन्न स्थानमा छायांकन गरिएको सो भिडियोको निर्माण भने गजमेर काठफर्निचर उद्योग उर्लाबारीले गरेको हो । भिडियोलाई बुढासु्ब्बा डिजिटल युट्युव च्यानल मार्फत सार्वजानिक गरिएको छ ।