‘अर्गानिक माया’ लिएर कोरियाबाट आए भिम (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौँ:इन्डियन डान्स रियालिटी शो ‘डान्स प्लस’ का फष्टरनरअप सुजन मार्पा तामाङ र वुगी वुगीकी विजेता कविता नेपालीको अभिनय रहेको नयाँ भिडियो ‘अर्गानिक माया’ सार्वजनिक गरिएको छ । डी पी खनालको शब्द ,धनु ज्ञाङ्मी मगरको संगीत र वैदेशिक रोजगारका लागी दक्षिण कोरीयामा रहेका गायक भिम थापा मगरको स्वर रहेको गीतको म्युजिक भिडियोलाई शुक्रबार सुजन मार्पा तामाङको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । रोमान्टिक डान्समा बनेको भिडियो सुजन मार्पा तामाङकै कोरियोग्राफी छ। प्रकाश खतिवडाको छायाँकन रहेको भिडियोमा एकान्त मगरको सम्पादन एबम निर्देशन रहेको छ ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३