अन्जु पन्तको आइटम गीत ‘स्विट एण्ड लभ्ली’ सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: अन्जु पन्तको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘स्विट एण्ड लभ्ली’ बोलको गीतमा शब्द तथा संगीत हेज्नल एम.डि.को रहेको छ भने संजय हमालले संगीत संयोजन गरेका छन् । अन्जु पन्त अहिलेको समयकी सर्वाधिक चर्चित गायिका हुन् । उनले सबै प्रकारको गीतमा स्वर दिएकि छिन् । उनको स्वरमा आइटम गीत भने कमै मात्र रेकर्ड भएका छन् । अन्जु पन्तले गाएका गीतहरु मध्ये यो गीत फरक शैलीको रहेको यस गीतका रचनाकार तथा संगीतकार हेज्नल बताउछन् ।

हेज्नलले करिब दुइ दर्जन भन्दा बढी गीतमा शब्द संगीत दिई सकेका छन् । राजेन्द्र कमल राईले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाइ रबिन्द्र बरालले छायाँकन गरेका हुन् । आर्यन खड्काले सम्पादन गरेको भिडियो हेज्नलको आफ्नै अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।सार्बजनिक भिडियोमा एन्डीशा खड्का फिचर्ड छिन् । भिडियोको निर्माता इन्दिरा धिमाल हुन् । भिडियोको कलाकारको लागि ओम कलेक्सनले ड्रेस तयार गरेको हो ।