अञ्जु पन्तको एक्लोपनमा रामबाबु र वर्षाको अभिनय (भिडियो)


सेलीब्रेटी नेपाल

काठमाडौँ:अञ्जु पन्तको स्वरमा रहेको नयाँ गीत ‘एक्लै छु म’ को भिडियो सार्वजनिक गरिएको छ । प्रशान्त पौडेलको शब्द तथा संगीत तथा विशाल निरौलाको एरेञ्ज रहेको छ ।

देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा वर्षा राउत र राम बाबुलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छयाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ । आधा दर्जन जति म्युजिक भिडियो केहि ठुलो पर्दाको चलचित्रमा समेत अभिनय गरि सकेका राम बाबुले यस भिडियोमा आफ्नो उत्कृस्ट अभिनय कौशलता प्रस्तुत गरेका छन् । अभिनयमा नै निरन्तरता दिने सोचका साथ अघि बढेका रामबाबुले निरन्तर अन्य म्युजिक भिडियोमा पनि काम गरि रहेका छन् ।