छोटो चलचित्र ‘अम्रिकाने ज्वाँई’ सार्वजनिक (भिडियो)



काठमाडौँ। छोटो हाँस्य चलचित्र ‘अम्रिकाने ज्वाँई’ सार्वजनिक गरिएको छ । विदेशी भनेपछि मरिहत्ते गर्ने नेपाली समाजको प्रवृत्तिको चित्रण गरिएको यस चलचित्र बिहीबार युट्युब मार्फत सार्वजनिक गरिएको हो । चलचित्रमा यस विषयलाई हाँस्यास्पद ढङ्गमा प्रस्तुत गर्न खोजिएको छ । चलचित्रमा दिपेश घिमिरे ‘प्रताप’ अम्रिकाने ज्वाँईको भूमिकामा प्रस्तुत भएका छन् ।

रुपेश घिमिरेले निर्देशन गरेको छोटो चलचित्रमा दिपेशका अलावा कृष्ण नेपाल, दिनेश कोइराला, सुष्मा तिम्सिना, रोहिता भट्टराई र बसन्त खनालको अभिनय रहेको छ । घिमिरे ब्रदर्सको कथा तथा लेखन रहेको चलचित्रलाई कृष्ण नेपालले निर्माण गरेका हुन् ।