रसियन कलाकारकाे अभिनय रहेकाे अभिनासको ‘माथिल्लो लेकमा’ सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौं:गायक अभिनास घिसिङको नयाँ म्युजिक भिडियो सार्बजनिक गरिएको छ । अभिनासले ‘माथिल्लो लेकमा’ म्युजिक भिडियो सार्बजनिक गरेका हुन् । सो गीतमा अभिनासलाई स्वरमा सुबानी मोक्तान र अराज केशवले साथ दिएका छन् ।

गायक अभिनासकै शब्द र संगीत रहेको गीतमा अराज केशवको र्‍याप भर्जनको शब्द सृजना र संगीत रहेको छ । सार्बजनिक माथिल्लो लेकमा भिडियोलाई विभोर पोखरेलले निर्देशन गरेका छन् भने कोरियोग्राफी राजीव समरको छ । अनिल के मानन्धरले छायांकन गरेको भिडियोमा अभीनासले रसियन कलाकारको पनि अभिनय गराएका छन्।