जिग्रीलाई छाडेर रक्षा अन्तै मोडिन्, को हुन् रक्षाको नयाँ प्रेमी ? (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
bhanuu & rakxhya
रोल्पा जिल्लामा जन्मिएर हाल राजधानीमा गीतसंगीतको क्षेत्रमा संघर्षरत गायक दिवस पुनको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । २०६३ सालको सुपा आईडलको विजेता बनेका पुन विगत १० वर्ष देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छन् ।

अरु क्षेत्रमा जस्तै गीतसंगीतमा पनि संगीतको औपचारिक ज्ञान लिएर मात्रै सफलता हासिल गर्न सकिन्छ भन्ने ज्ञान भएका पुनले भर्खरै आफ्नै शब्द र स्वरमा नयाँ गीत स्रोतामाझ ल्याएका छन् ।
Pun
सार्वजनिक गीतमा गायक पुनकै शब्दमा संगीतकार योगेश भट्टले संगीत भरेका छन् भने आमोश तामाङले संगीत संयोजन गरेका छन् । आयुव केसीले निर्देशन गरेको भिडियोमा मिलन शंकरको छायांकन, अनुप पौडेलको सम्पादन रहेको छ ।

गीतको भिडियोमा म्यान्डी, रक्षा, र भानुको केही रमाईलो र केही जीवन भोगाइका कथाहरुलाई समेटिएको केमेष्ट्रिलाई हेर्न सकिन्छ । गीतसंगीतमा लामो समयको सिकाई र भोगाईपछि बजारमा ल्याएको आफ्नो गीतलाई दर्शक स्रोताले मन पराउने आशा लिएको गायक पुनले बताए । भिडियो हेर्नुहोस्