आशिष गौतम र मेलिनाको ‘एकान दुई कान मैदान’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

गायक आशिष सचिन गौतम र मेलिना राईको ‘एकान दुई कान मैदान’ बोलको गीत सार्वजनिक गरिएको छ। भद्रगोलका काकु अर्थात दीपक आचार्यको निर्देशन तथा गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतमा गायक आशिषसँगै सरोज खनाल अभिनेत्री आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन ‘माकुरी’को अभिनय रहेको छ।

हिमान्शु रायमाझीको शब्द रहेको गीतमा भिम विसीको संगीत रहेको छ। उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन्। म्युजिक भिडियोलाई जीवन थापाले सम्पादन गरेका छन्।