आँचल संगको ‘माया पिरती’मा भद्रगोलका बले (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:गायक तथा कलाकार तिलक बस्नेत र मोलासा आलेमगरको स्वरमा ‘माया पिरती’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ। सार्बजनिक गीतमा गायक बस्नेतकै शब्द र संगीत रहेको छ ।शिब बिकको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोलाई एट.के एभरेस्ट मोसन पीक्चर्स प्रा.ली.ले सार्बजनिक गरेको हो । अर्जुन तिवारीले खिचेको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । गीतको भिडियोमा आँचल शर्मा, सागर लम्साल (बले) र सुशील तामाङ फिचर्ड छन् ।