आकाश र याङसुको ‘मुनामदन’ जस्तै माया (भिडियो)



काठमाडौँ। मनोज कार्कीको नयाँ गित मुनामदन- २ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै भिडियो सार्वजनिक गरिएको हो । गायक जनक बिबश न्यौपाने र गायिका रचना रिमालको स्वर रहेको गीतमा शब्द तथा संगित गायक जनक बिबश न्यौपानेकै रहेको छ । सार्वजनिक भिडियोमा आकाश श्रेष्‍ठ र याङसु श्रेष्‍ठ फिचर्ड छन् ।

जनक सिंहको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन र अभि वाग्लेको कोरियोग्राफी रहेको छ। मनोज कार्की निर्माता रहेको भिडियो जनक बिबश न्यौपानेको अफिसियल च्यानल मार्फत सार्बजनिक गरिएको छ।