‘लप्पन छप्पन २’ डेब्यु अभिनेत्री आनाको अस्ट्रेलियामा हट फोटोशुट (फोटो फिचर)


सेलिब्रेटी नेपाल

काठमाडौँ: बिगत ३ बर्ष देखि अस्ट्रेलिया बस्दै आएकी आना ढकालले अस्ट्रेलियामा फोटो शुट गरेकी छिन् । ग्ल्यामर फोटो ग्राफर नबिन चौतारियालेम उनको फोटो कैद गरेका हुन्। नेपाली चलचित्र ‘लप्पन छप्पन २’ बाट डेब्यु गर्दै गरेकी अभिनेत्री आना कार्यक्रम प्रस्तोता तथा गायिका पनि हुन् । चितवनमा जन्मिएकि ढकालले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरि सकेकी छन् । अस्ट्रेलियामा हुने बिबिध कार्यक्रमहरुको प्रस्तोताका रुपमा पनि उनले थुप्रै कार्यक्रम संचालन गरि सकेकी छन् ।

नेपाली चलचित्रमा खेल्ने उनको सानै देखिको रुचि थियो र अभिनेत्रीको रुपमा आफ्नो पहिचान बनाउने उदेश्यका साथ अघि बढी रहेकी छिन्। चलचित्र ‘लप्पन छप्पन २’ मा अर्पण थापाको अपोजिटमा देखिन लागेकी ढकाल अन्य चलचित्रमा निरन्तर काम गर्ने बताउ छिन् । उनि नयाँ चलचित्रमा मुख्य नायिकामा अनुबन्धित भइ सकेकी छन् । छिट्टै फ्लोरमा जाने तयारीमा रहेको चलचित्रको बारेमा केहि समयमा पत्रकार सम्मेलन गर्दै जानकारी गराउने आनाले बताईन् ।


तस्बिर:नबिन चौतारिया