नेपालमा सेलेब्रिटी कमै छन् धेरै चर्चित छन्: अजित घिसिंग


अजित घिसिंग गायक

सिन्धुपाल्चोक जिल्लाको ठुलो पाखरमा  जन्मनु भयका अजित घिसिंगले  पथ ,डहर र ताली गरि तिन वटा सोलो एल्बम निकाली सक्नु भयको छ। बिगत दश वर्ष देखि कलाकारितामा लाग्नु  भयका घिसिंगले पहिलो गीत उहिलेको कुरा आफ्नै शब्द संगीतमा रेकर्ड गराउनु भयको हो। उहाँ संग सेलेब्रिटी नेपाल का प्रतिनिधिले  गर्नु भयको कुराकानी ।

  • संगीत क्षेत्र मा कसको प्रेरणा ले लग्नु भयो ?

ब्यग्तिगत कसैको प्रेरणा ले होइन रेडियोमा अरुले गाउनु भयको गीत सुन्दा सुन्दै रहरै रहरले संगीतमा लागियो।

  • संगीत अलावा के गर्नु हुन्छ ?

गीत गाउने शब्द लेख्ने संगीत गर्ने मै ब्यस्त छु ।

  • नेपालमा सेलेब्रिटी भयर बाँच्न कतिको गार्हो छ ?

नेपालमा सेलेब्रिटी कमै छन् धेरै चर्चित छन्। सेलेब्रिटी मान्न मिल्ने थोरै छन् जति छन् राम्रै बाँचेका छन् ।

  • बजारमा एल्बम निकाल्न कति को गार्हो छ ?

अहिलेको बजार मा एल्बम बिक्रि छैन एल्बम निकालेर पैसा कमाउने भन्दा पनि कन्टीन्युटि दिने हो आर्थिक रुपमा गार्हो नै छ।

  • कलाकारिता गरेर दशक बिताउनु भयो यो पेशा बाट मात्र बाँच्न सकिन्छ?

स्टेज प्रोग्राम तथा विदेश कार्यक्रम हरु गर्न पायो भने सकिन्छ नत्र गार्हो छ पाइरेसी ले गर्दा बजार छैन।

  • कलाकार हरु राज्य बाट केहि भयन भन्छन उनीहरु पनि केहि गर्दैनन् किन होला ?

सब भन्दा ठुलो कम कलाकार हरुले गरेका छन् आफु खाई नखाई मेहनत गरेर जनतालाई मनोरंजन दिई रहेका छन् नेता ले के दियका छन्।

  • कलाकार ले राज्यलाई कर तिर्नु जरुरि छ कि छैन ?

कलाकार बाँच्ने आधार बनेमा उनि हरु ले पनि आफ्नो तर्फ बाट गर्छन राज्य बाट एउटा ठोस नीति बनेर कार्यान्यन हुनु पर्छ संगीत क्षेत्र पनि उद्योग सरह बन्नु पर्छ मनोरंजनका साधन करिब चार सय रेडियो र दुइ दर्जन भन्दा टेलिभिजन गायक कलाकार कै सिर्जनाले चलेका छन् ।

  • गायक बन्न को लागि संगीत सिक्नु कतिको आबस्यक छ ?

अति जरुरि छ पौडी पोखरीमा छिर्नु अघि पौडन जान्नु जति जरुरि छ त्यति नै संगीत मा लग्नु अघि सिक्नु जरुरि छ  बिहान सा रे ग म जपेर मात्रै पनि हुन्न।

  • गीत संगीत को बजार सुधार गर्न के गर्नु पर्ला ?

राजनितिक अवस्था स्थिर हुनु पर्यो संगीत उद्योग बन्नु पर्यो गीत सुन्ने मान्छे हरु नभयका होइनन सुने बापत गायक कलाकार ले केहि पाउदैन नीति बन्नु पर्यो कार्यान्यन हुनु पर्यो ।