विवाह गर्दै नायिका श्वेता



काठमाडौं – अभिनेत्री श्वेता खड्का बैवाहिक बन्धनमा बाँधिने भएकी छिन् । श्वेताले यहि मंसिर २२ गते सोमबार धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । श्वेताको विवाहको निम्तो कार्ड सार्वजनिक भएसँगै उनको विवाह पक्का भएको पुष्टि भएको हो ।

गोकर्ण फरेस्ट रिसोर्टमा श्वेताको विवाह हुने कार्डमा उल्लेख गरिएको छ । श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको बुझिएको छ ।

चलचित्र ‘कहाँ भेटिएला’बाट श्रीकृष्ण श्रेष्ठको जोडीको रुपमा नेपाली चलचित्रमा प्रवेश गरेकी श्वेताले २०७१ साल असार २३ गते श्रीकृष्णसँग विवाह गरेकी थिइन् । श्रीकृष्णको उपचारकै क्रममा विवाहको ३२ दिनपछि साउन २५ गते निधन भएको थियो । चलचित्र निर्माणमा पनि हात हालेकी श्वेता पछिल्लो समय चलचित्रसंगै व्यापार व्यवसायमा आवद्ध छिन् ।