कोरोनाकालमा कलाकारको दशैं, केही तस्वीरहरु


काठमाडौं । नेपालीहरुको महान चार्ड दशैंको आज मुख्य दिन, मान्यजनबाट टीका र जमरा लगाएर मनाइँदै छ । नेपाली चलचित्रका कलाकारहरुले पनि दशैंको टीका लगाएका छन् । थुप्रै कलाकारहरुले सामाजिक सञ्जालमा दशैंका तस्वीरहरु राखेका छन् । यसवर्ष कोरोना भाइरसको महामारीका कारण कलाकारहरुले परिवार भित्रै दशैं मनाएका छन् ।

कलाकार दीपकराज गिरीले आफ्नो परिवारभित्रै दशैंको टीका लगाएका छन् । उनले ४० जनाको परिवार यसवर्ष परिस्थितिले ५ जनाको बनाएको उल्लेख गरेका छन् ।

त्यस्तै अभिनेता अनमोल केसीले परिवारभित्रै दशैंको टीका लगाएका छन् । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, निर्देशक तथा कलाकार दीपाश्री निरौला, कलाकार जितु नेपाल, अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री करिष्मा मानन्धर, रेखा थापा, वर्षा शिवाकोटी, नीता ढुंगाना, संगीतकार अर्जुन पोखरेल, गायक तथा मोडल दुर्गेश थापा लगायतले दशैंको टीका लगाएको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका छन् । अधिकांश कलाकारले यसवर्ष दशैंको टीका परिवारभित्र मात्रै लगाएका छन् ।