विल्सन भन्दै छन् ‘सालि कसको भेनाको’ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

राम प्रसाद श्रेष्ठको प्रस्तुतीमा निर्माण भएको चलचित्र ‘साली कसको भेनाको’ चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । भद्र भुजेलको निर्देशनमा बनेको चलचित्र कमेडी जनरामा निर्माण गरिएको छ ।
सार्वजनिक ट्रेलरमा साली र भेनाको सम्बन्धलाई देखाइएको छ। ट्रेलर कमेडी बनेको छ। र त्यसमा बोलिने संवाद पनि रमाइलो छ। चलचित्रमा रबि र प्रकाशको द्वन्द बसन्त श्रेष्ठ,गम्भीर बिस्ट,सुमित लामाको कोरियोग्राफी रहेको छ चलचित्रका गीतमा प्रसाद श्रेष्ठ,सुरज शाही ठकुरी,मिन घलानको संगीत रहेको छ । दिर्घ गुरुङले खिचेको चलचित्र लाइ बनिश शाहले सम्पादन गरेका छन् ।

चितवनको नारायणी किनार, कास्कीको पोखरा र काठमाडौंका विभिन्न रमणीय ठाउँहरुमा छायांकन गरिएको उक्त चलचित्रले परिवारिक कथा वस्तुलाई उठाउन खोजेको छ । दीर्घ गुरुङ्ले छायांकन गरेको चलचित्रमा विल्शन विक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, देव सागर, मरिष्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, वीरेन श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहेको छ । पुष्प आचार्यको लेखन रहेको चलचित्रमा रामप्रसाद श्रेष्ठ, सुशिल गोपाल न्याच्यो, काजीमान श्रेष्ठ, कमला भट्टराई र मुक्ति अधिकारीको संयुक्त लगानी रहेको छ। चलचित्र भाद्र २९ गते बाट प्रदर्शनमा आउने छ ।