टिकाको लुकी लुकी लाएको मायालाइ ३४ दिनमा एक करोडले हेरे


सेलिब्रेटी नेपाल काठमाडौँ

गायिका टीका प्रसाईंको स्वरमा रहेको ‘माया लुकी लुकी’ बोलको गीत अहिलेसम्मकै सबैभन्दा छोटो समयमा युट्युवमा धेरै भिउ पाउने नेपाली गीत बन्न पुगेको छ। प्रसाईंको गीत ‘माया लुकी लुकी’ ३४ दिनमै एक करोड भ्युज पुगेको हो। आनन्द अधिकारीको शब्द ,आशिष अविरलको संगीत र संगीत संयोजन रहेकोे गितको भिडियोमा डान्सिङ ग्रुप ‘द कार्टुन क्रिउ’लाई फिचरिङ गरिएको छ।

झापा तोपगाछीबाट आफ्नो सांगितिक यात्रा सुरु गरेर करिब दुई दशकको सांगितिक यात्रा तय गरेकी गायिका प्रसाईंको ‘माया लुकी लुकी’ गीतलाई उनको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।