राप्रपा नेपाल बाट तिन जना सेलिब्रेटी उमेद्वार


(सेलिब्रेटी नेपाल) ११ असोज-दोस्रो संबिधान सभाको चुनाबी माहोल नेपाली कलाकर्मी हरु लाई पनि लागेको छ। राप्रपा नेपालले आज चयन गरेको प्रत्यक्ष तर्फ उमेद्वारको लिस्टमा तिन जना सेलिब्रेटी हरुको नाम पनि परेको छ।
Uddhav-paudel_mira-rana_sanjay-shrestha
राप्रपा नेपालले घोषणा गरेको उमेद्वारको नामावली अनुसार गायिका मिरा राणा, पप गायक सञ्जय श्रेष्ठ र चलचित्र निर्माता उद्धब पौडेल काठमाडौबाट चुनाब लड्न लागेका हुन् । राणा काठमाडौ ३, श्रेष्ठ काठमाडौ ६ र पौडेल काठमाडौ ४ बाट चुनाब लड्न लागेका हुन् ।