साइना र कारबाही संगै भुल भय माफ गर



सेलेब्रिटी नेपाल मंसिर २९- नेपाली चलचित्र बजार मा प्रत्येक हप्ता नया चलचित्र रिलिज भइ रहने गर्दछन । गयको हप्ता दुई चलचित्र थ्री लभर्स र लभ यु म्यान रिलिज भयका थिय । यस साता तिन चलचित्र एक आपसमा भिड्दै छन् । दुइ फ्रेश चलचित्र साइना र कारबाही हुन् भने भुल भय माफ गर काठमाडौँ बाहिर रिलिज भइ सकेको चलचित्र हो । सुरेश दर्पण पोख्रेल को चलचित्र थ्री लभर्स लाई पन्छाउदैं सुरेश दर्पण कै निर्देशन रहेको चलचित्र भुल भय माफ गर चल्न लागेको हो । भुल भय माफ गर सुरज आर डी ले निर्माण गरेका हुन् । चलचित्र साइना सुरज प्रधानको निर्माण र समिर मियाको निर्देशनमा तयार भएको चलचित्र हो । चलचित्र लाइ पहिलो नेपाली हरर चलचित्र भनिएको छ । चलचित्रमा प्रशान्त गिरि , सलोमि गुरुङ , खुस्वु आदि कलाकारको अभिनय रहेको छ । चलचित्र कारवाहिलाई नारायण मैनालीले निर्माण गरेका छन । चलचित्रका निर्देशक किशोर राना मगर हुन । कारवाहिमा राजेश हमाल,राज लामा,महिमा सिलवाल,सुनिल थापा आदि कलाकारको अभिनय रहेको छ ।