कलाकार र राष्ट्रिय टिमका खेलाडी विच मैत्रीपुर्ण क्रिकेट खेल हुने


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र नेपाली कलाकारहरु विच मैत्रीपुर्ण क्रिकेट खेल हुने भएको छ । गृष्मा ब्रोडकास्टिङको आयोजनामा धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल हुने आयोजक धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ ।

निर्माणाधिन गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको सहयोगका लागि हुने च्यारिटी खेलमा नेपालका स्टार क्रिकेटर पारस खडका सहित अन्य राष्ट्रिय खेलाडीहरुले सहभागिता जनाउने भएका छन । त्यस्तै कलाकारको टोलीबाट सन्दिप क्षेत्री, नरेश भट्टराई, रामकृष्ण ढकाल र प्रमोद खरेल लगायतले सहभागिता जनाउने आयोजक धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ । खेल माघ २४ गते हुने भएको छ ।