गायक रोशनको एकल गीति संंग्रह बिमोचन सम्पन्न


सेलिब्रेटी नेपाल काठमाडौँ
लामो समय र संर्घष पछि भक्तपुरका गायक रोशन धौभडेलको पहिलो एकलगीति संंग्रह ‘अन्लीयू’एक कार्यक्रममार्फत सार्वजनिक भएको छ । ८ वटा गीत रहेको उक्त गीति संग्रहको वरिष्ठ गायक दीप श्रेष्ठ, वरिष्ठ संगीतकार दिपक जंंगम र वरिष्ठ गीतकार तथा गायक दिपक खरेलले एक कार्यक्रमबीच विमोचन गरेका छन् ।

एल्बम विमोचनमा वरिष्ठ गायक दिप श्रेष्ठले रोशन धौभडेलको गायनपक्ष साधारण भए पनि निरन्तरता दिए अहिलेको समयमाबाँच्न सकिने प्रतिक्रिया दिए । कार्यक्रममा गायक रोशनले आफू भारतीय वरिष्ठ गायक किशोर कुमारको स्वरबाट धेरै प्रेरित भएको जानकारी दिंदै १४ वर्षदेखि सांगीतिक क्षेत्रमा लागेको बताए । १४ वर्षको बीचमा करिब तीनवर्षको अथक प्रयासले गर्दा बल्ल एल्बम निकाल्न सफल भएको बताए । उक्त एल्बममा वरिष्ठ साहित्यकार मधिकर्मीसँगै भक्तपुर तलेजुकामुलनाइके नरेन्द प्रसाद जोशी,मगनबाबु श्रेष्ठर गायक रोशन स्वयमको गीत रहेको छ । गीति संग्रहमा रहेका गीतहरुको एरेन्ज क्रमश विवेक शाक्य, बासुदेव श्रेष्ठ, जीवति जल्मी, हेम लामा राजेश हाडा लगायत रहेको छ ।

कार्यक्रममा गायक धौभडेलले प्रति सि.डी, एकसय ४९ रुपैया राखिएको एल्बमको बिक्री रकमभक्तपुर न.पा७,स्थित सिद्धि शालिग्राम वृद्धा आश्रमलाई सहयोग गर्ने जानकारी गराए । कार्यक्रममागायक रोशनले एल्बमका गीत समेत गाए ।उक्त एल्बम लिब्जु फिल्मस्प्रा.लि ले बजारमा ल्याएको हो ।