गायक विजय लामा “रमपम म्यूजिक भिडियो २०१७ˮ बाट सम्मानित


सेलिब्रेटी नेपाल काठमाडौँ
bijay
गायक विजय लामा “बेस्ट पप भोकल मेल एरिना रमपम म्यूजिक भिडियो २०१७ˮ बाट सम्मानित हुनुभएको छ । ईटहरीमा आयोजित कार्यक्रममा उहाँले सो अवार्ड प्राप्त गर्नुभएको हो ।

अवार्ड ग्रहन पछि लामाले आफु यस अर्वाडबाट सम्मानित भएकोमा निकै गर्व महशुस भएको बताउनुभयो । आफुले वर्षाेदेखि संगीतमा रहेर कर्म गरे अनुसारको फल पाएको समेत उहोले बताउनुभयो ।

उहाले संगीत उद्योगभित्र छिर्नु भन्दा संगीतमै धेरै समयसम्म टिक्नु ठुलो भएको बताउनुभयो । अहिले सम्म पाएको अर्वाडहरु मध्ये यो अर्वाड निकै उत्कृष्ट र एैतिहासिक भएको उहाको भनाई छ ।
bijay 1

त्यस्तै, सर्वाेत्कृष्ट आधुनिक गायन विद्यामा गायक रामकृष्ण ढकाल सम्मानित हुनुभएको छ । ईटहरीमा आयोजित कार्यक्रममा विभिन्न १५ विद्यामा १५ जना व्यतिmत्वहरुले विभिन्न विद्यामा अवार्ड पाउन सफल भएका छन् ।

एरिना टिभिद्धारा प्रायोजित उतm कार्यक्रममा विभिन्न क्षेत्रका व्यतिहरुको उलेखनीय सहभागिता थियो ।