पहिलो पटक सर्ट फिल्म फेस्टा आयोजना हुँदै


सेलीब्रेटी नेपाल फागुन २ गते-पछिल्लो समय नेपालमा छोटा चलचित्रको निर्माण क्रम  फस्टाएको छ । चलचित्र अध्ययन सम्बन्धि थुप्रै इन्ष्टिच्युट, कलेजको सञ्चालनले पनि छोटा चलचित्र निर्माण गर्ने क्रम बढेको हो । यस्ता चलचित्रले उचित स्थान पाउन सकोस भनेर छायाँछबि क्रियसनले पहिलो पटक ‘काठमाडौं सर्ट फिल्म फेस्टा–२०१३’ आयोजना गर्न लागेको छ अनामनगर स्थित ‘मण्डला थिएटर’मा चैत ३० देखि बैशाख १ गते सम्म तिन दिन चल्ने महोत्सबमा छोटा चलचित्र प्रदर्शनका साथै चलचित्र सम्बन्धि कार्यशाला, अन्तरक्रिया लगायतका कार्यक्रम पनि आयोजना गरिने भएको छ। फेस्टामा ५ मिनेट देखि ४५ मिनेट सम्मको बृत्तचित्र, चलचित्र, कार्टुन/एनिमेशनलगायत जुनसुकै बिधा र शैलीका चलचित्रले सहभागीता जनाउन सक्नेछन।फेस्टामा प्रथम, द्धितीय, तृतीयका साथै ‘बेस्ट फिक्सन सर्ट फिल्म’, ‘बेस्ट डकुमेन्टी्र सर्ट फिल्म’, ‘बेस्ट एनिमेशन सर्ट फिल्म’, ‘जुरी अवार्ड’ र ‘पब्लिक च्वाईस अवार्ड’ लगायतका पुरस्कार रहेका छन्।