नेपाली ब्यान्ड सत्याकृत सँग पहिलो पटक कैलाश खेरले गाए यस्तो गीत ( भिडियो )


सेलिब्रेटी नेपाल

काठमाडौँ: भारतीय चर्चित गायक कैलाश खेरले नेपालको सत्याकृत ब्याण्डसँग ‘भक्तिका चन्दन’ बोलको हिन्दी गीत गाएका छन् । सुर साधुको शब्द तथा संगीतमा तयार गरिएको गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका हुन् ।

हालै उदित नारायण झासंग ‘होशमा बेहोसी’ सार्बजनिक गरेको सत्याकृतले गुरु पूर्णिमाको अवसर पारेर यो गीत सार्वजनिक गरेको छ । गीतको रेकर्डिङ मुम्बईको प्रशिद्ध रेकर्डिङ स्टुडियो कैलाशा स्टुडियोमा गरिएको थियो भने यसको मिक्सिङ मास्टरिङ बलिउडका प्रख्यात साउण्ड ईन्जिनियर आमिर शेखले गरेका हुन् । सत्याकृत व्यण्ड नेपालमा आफ्नै छुट्टै विशेषता बोकेको सङ्गितलाई लिएर प्रख्यात छ । यो ब्याण्डले सत्य प्रेम एवम् शान्तिको भाव बोकेको गीत सङ्गित सृजना गर्दै आईरहेको छ ।