गायिका सपना थापाले लक डाउनमा सुरक्षित रहन दिईन् सुझाव


सेलिब्रेटी नेपाल

काठमाडौँ: सारा विश्व यतिबेला कोभिड १९ का कारण सन्त्रस्त छ । हामी नेपालीहरु पनि पशुपतिनाथको भरोसामा स्व अस्तित्वको लडाईंमा छौं । सरकारले लक डाउन गरेर घरमै सुरक्षित बस्न सबैलाई अपिल गरेको छ । यसको सिधा मार काम गरिखाने बर्गलाई परेको छ । दिनभर काम गरेर साँझ बिहानको गर्जो टार्ने मजदुर ज्यामी किसानलाई अहिले दैनिकी चलाऊनै हम्मे हम्मे परेको छ । यो अवस्थामा गायक कलाकारहरुलाइ पनि धेरै नै समस्या परेको छ । यो समस्यामा सबै नेपालीहरुले धैर्य गर्नु पर्ने र लक डाउनको नियमलाइ पालना गर्ने र सुरक्षित रहनु पर्ने सुझाव गायिका थापाले दिईन् । सेलिब्रेटी नेपाल संग कुरा गर्दै उनले यति बेला आफु जन्म घर सिन्धुपाल्चोक फुल्पिंगकोट बसी रहेको बताइन् ।

सिन्धुपाल्चोक जिल्लामा जन्मिएकी गायिका सपना थापाले २०६५ सालबाट नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरिन् । उनको पहिलो रेकर्ड गरिएको गीत ‘मखमली उनि राख है’ हो यो गीतबाट उनको खासै चर्चा भएन तर पनि उनको सुरुवात राम्रै भयो । उनलाई उक्त गीतबाट जति जनाले चिने उनलाई अझै हौसला मिल्दै गयो र उनि यो क्षेत्रमा अघि बढ्दै गईन् । उनको पछिल्लो गीत ‘देवी लाई रातो धजा छ’ र ‘लौरी गोगनको’ बाट उनले धेरै नै चर्चा पाइन् । उनि मेला महोत्सवहरुमा निकै नै ब्यस्त पनि हुन थालिन् अन्य गीत रेकर्डमा पनि उनको व्यस्तता बन्दै गयो। उनि गीत सांगेतमा मात्र नभई आफ्नो पढाईमा पनि निरन्तरता दिंदै गईन् । उनका नयाँ गीतहरु पनि सार्वजनिक हुने क्रममा रहेका छन् । देशको यो अवस्था सुधार भए संगै उनका नयाँ गीतहरु सार्वजनिक हुने उनले जानकारी गराइन ।

उनका गीतहरु हेर्नुस