बन्ने भो ‘साँवा ब्याज’


सेलिब्रेटी नेपाल काठमाडौँ

ओस्कार इन्टरनेशनल कलेजका विद्यार्थीहरुले चलचित्र निर्माण गर्ने भएका छन् । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको निर्माण घोषणा गरिएको छ । गाउँ घरमा घटिरहेको घटनामा आधारित कथा तथा चलचित्र हल्का कमेडी र एक्सन रहने चलचित्रका डेब्यु निर्देशक देबिन राईले जानकारी दिएका छन ।

कार्तिकको तेश्रो हप्ता देखि फ्लोरमा जान लागेको यस चलचित्रमा देबिन राईको निर्देशन , आषिश लिम्बुको छायांकन रहनेछ भने चलचित्र पुर्बिय पहाडी भेग अनि मकालु र काठमाडौँमा छायांकन गरिने भएको छ । चलचित्रमा मुख्य कलाकारको रुपमा सोहि कलेजका विद्यार्थी प्रवेश महतरा क्षेत्री र रश्मि श्रेष्ठ रहेका छन् । चलचित्रलाई देगेन्द्र कुमार राई र बिपिन राईले मिलेर निर्माण गर्ने भएको छ ।