साँघुरो फराकिलो हुँदै



सेलेब्रिटी नेपाल पौष ८-यौन मनोविज्ञानमा आधारित चलचित्र साँघुरोको गीत तथा पोस्टर सार्वजनिक गरिएको छ । शनिबार मन्डला नाटकघर अनामनगरमा आयोजित कार्यक्रममा गीत तथा पोस्टर सार्वजनिक गरिएको हो । समिर मैनाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र साँघुरो जोस पान्डेको निर्देशनमा तयार भएको छ । नेपाली समाज मा साँघुरो सोच राखिने यौन क्षेत्र लाई अब फराकिलो रुपमा चलचित्र मा प्रस्तुत गर्न थालियको छ ।

सुशान्त मैनाली, दिया मास्के, अरुणा कार्की, दयाहाङ राई रवि गिरीलगायत कलाकारको मुख्य भूमिका रहको यस चलचित्रलाई समिर मैनालीले निर्माण गरेका हुन् । गरिबीका कारणले निम्त्याएको समस्यालाई सस्पेन्स र थ्रिलर तरिकाले देखाउन खोजिएको साँघुरोमा मदन गोपालको संगीतमा एउटा गीत समाबेश गरियको छ । विनोद पौडेलको लेखन, अविरल जी र सुजन प्रजापतीको छायांकन रहेको छ ।