संचिता स्टारर ‘गुनगुन’ ट्रेलर सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘गुनगुन’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको चलचित्रको ट्रेलरमा चलचित्रका पात्र बीचको द्वन्दलाई देखाइएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक तथा निर्माता पुकार भट्टराई , कलाकार सुवास मेचे उपस्थित थिए ।

कार्तिक ३० बाट प्रदर्शनमा आउने चलचित्रले समाजकै घटनालाई चित्रण गर्ने निर्देशक भट्टराईले बताए । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्रमा संचिता लुइँटेल , रविन्द्र प्रताप सेन , सुवास मेचे , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ । चलचित्रमा हिमाल केसीको द्वन्द , अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ ।