साम्राज्ञी लड्दा आकाशले यसरि समाए (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
पछिल्लो पुस्ताको रोजाइ बनेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको साथमा नाजिर हुसेन र आकाश श्रेष्ठ अभिनित चलचित्र ‘तिमी सँग’को नयाँ गीत सार्वजनिक भएको छ । ‘लड लडे समाउ मलाई ’ बोलको उक्त गीतमा साम्राज्ञी र आकाश श्रेष्ठको रोमान्स देख्न सकिन्छ । गीत हिमाली भेगमा छायाँकन गरिएको छ । गीतमा संगीत राहुल मुखर्जी, रिदम कडेल र दिपक पाठकको रहेको छ, भने नृत्य कविराज गहतराजको रहेको छ ।

शिशिर राणाले निर्देशन गरेको चलचित्र भदौ ८ मा रिलिज हुँदैछ । चलचित्र निर्देशक राणाले नै निर्माण गरेका हुन् । एनआरएन पर्यटक र नेपाली गाइड बिचको रमाइलो प्रेम कथा चलचित्र उठाएको छ ।