सलोनको बाबु कान्छा टिजर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

सलोन बस्नेत अभिनित चलचित्र ‘बाबु कान्छा’को टिजर सार्वजनिक गरिएको छ ।१७ बर्ष अघि सलोनले पहिलो पटक अभिनय गरेको चलचित्र ‘नेपाली बाबु’ को झलक समेत राखेर सार्वजनिक गरिएको टिजरमा सलोनलाई मात्रै प्रस्तुत गरिएको छ ।

असार २९ गते बाट प्रदर्शनमा आउने ‘बाबु कान्छा’मा सलोन, नीर शाह, सरोज खनाल, राजाराम पौडेल,लय संगौला, करिष्मा श्रेष्ठ,ऋतिक शाही,सम्राट सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,बिक्रम कंडेल लगायतको अभिनय रहेको छ । यस चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछिन्।

शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’को यस अघि एउटा गीत सार्बजनिक गरि सकिएको छ । संचारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको बाबु कान्छामा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको चलचित्रमा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ । चलचित्रमा अस्ट महर्जनको एक्शन,गौतम राज खड्काको सम्पादन ,टंक बुढाथोकी संगीत रहेको छ भने ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैं राम्री छौ’गीत लाई रिमिक्स गरेका छन् ।