‘साली कसको भेनाको’ प्रिमियर शो सम्पन्न


सेलिब्रेटी नेपाल
काठमाडौँ ।


आगामी शुक्रबार अर्थात् भदौ २९ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘साली कसको भेनाको’ ले प्रिमियर शो को आयोजना गरेको छ । नेपाली चलचित्रको प्रारम्भ कालमा चलचित्र ‘कान्छी’,’सन्तान’ त्यसपछि ‘कर्जा’ लगायत चलचित्र निर्माण गरेका निर्माता प्रसाद श्रेष्ठले निर्माण गरेको पछिल्लो चलचित्र ‘साली कसको भेनाको’ सोमबार राजधानीमा प्रिमियर गरीएको छ ।

चलचित्र हेर्न मदनकृष्ण श्रेष्ठ,हरिहर शर्मा,निर्देशक दयाराम दाहाल,निर्माता,बितरक तथा चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदय लगायत थुप्रै चलचित्र कर्मीहरुको उपस्थिती रहेको थियो ।

विल्सन बिक्रम राई,बुद्धि तामाङ्ग,जयनन्द लामा,रबि गिरि,प्रिया रिजाल,रजनी गुरुङ्ग,सुष्मा कार्की,बिरेन श्रेष्ठ लगायत कलाकारहरुले अभिनय गरेको यो चलचित्रले दर्शकलाई राम्रै सँग हँसाउन सक्छ । चलचित्र ‘साली कसको भेनाको’ लाई भद्र भुजेलले निर्देशन गरेका हुन् ।