सगरमाथा टेलिभिजनलाई प्रेस काउन्सिलको ध्यानाकर्षण


सेलीब्रेटी नेपाल माघ २८ गते-प्रेस काउन्सिल नेपालले विषयवस्तुको प्रस्तुति र भाषाको प्रयोगमा सावधानी अपनाउन काठमाडौंबाट प्रसारण हुने सगरमाथा टेलिभिजन च्यानलको ध्यानाकर्षण गरेको छ ।सगरमाथा टेलिभिजनद्वारा प्रसारित कार्यक्रममा आधारहीन, कपोल्कल्पित र एकपक्षीय आरोप लगाइएको भन्दै निल हिरा समाजले कान्सिलमा गरेको उजुरीको छानबिनपछि काउन्सिलले समाचारको विषयवस्तुको प्रस्तुतिमा असन्तुलन, भाषा र शब्दको प्रयोगमा असावधानी देखिएको ठहर गरेको हो ।काउन्सिलको आचारसंहिता अनुगमन तथा संवाद समितिले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ ।