रिदम अस्ट्रेलियामा प्रिमियर गरिने


सेलेब्रिटी नेपाल पौष १४-लेखक तथा निर्देशक बिकाश  आचार्यले  नसिब आफ्नो, नाइ नभन्नु ल र म तिम्रो भईसकें निर्देशन पश्चात  निर्देशन गरेको चलचित्र रिदम फागुन को पहिलो साता प्रदर्शन हुने भयको छ । पारिवारिक प्रेमकथाको साथमा देशको माया र नेपाली हुनुको गौरवलाई देखाउन खोजिएको चलचित्र  रिदमलाई विकास आचार्यले  आफैं लेखेका हुन् । चलचित्रमा जीवन लुईटेल, स्वेता भट्टराई, विल्सन विक्रम राई, निर शाह, बालकलाकार अनुभव रेग्मीको साथमा नवप्रस्तुतीको रूपमा निष्मा घिमिरे र सोहित मानन्धरको मुख्य अभिनय रहेको यो चलचित्रलाई वान टाईम सिनेमा प्रालीको व्यानरमा प्रदीप दाहालले निर्माण गरेका हुन् । निर्माता दाहालका अनुसार चलचित्रलाई  अष्ट्रेलियामा प्रिमियर गरिने छ  । दाहालका अनुसार नायक लुईटेल अहिले अष्ट्रेलियामा चलचित्रको प्रिमियरको तयारी गरि रहेका छन् ।चलचित्रमा बसन्त सापकोटाको संगीत , शम्भु सापकोटा को क्यामेरा , को रियोग्राफी कविराज गहतराज, द्धन्द रोशन श्रेष्ठ र गीत कृष्णहरी बरालको रहेको छ । निर्देशक आचार्यक यसअघिका सबै जसो चलचित्रका गीत संगीत ले राम्रै चर्चा पायका  थिय ।

http://youtu.be/CgW_fRLfYGg