इन्गेजमेन्ट गरेको एक वर्षपछि रेश्माको विवाह सम्पन्न



काठमाडौँ। मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिएकी छन् । सोमबार उनले अमेरिकामा बस्दै आएका प्रभात बाबुसँग विवाह गरेकी हुन् । रेश्मा र प्रभातको विवाह समारोह विराटनगरको एक रिसोर्टमा चलिरहेको छ । उनीहरुको बिहेमा आफन्त, परिवार, साथीभाइ र केही चलचित्रकर्मीको मात्र उपस्थिति छ । नायिका वर्षा राउत रेश्मालाई शुभकामना दिन विराटनगर पुगेकी छन् ।

रेश्माले गत वर्ष अमेरिकामा रहेका प्रभातसँग इन्गेजमेन्ट गरेकी थिइन् । इन्गेजमेन्ट गरेको एक वर्षपछि उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् । रेश्माका श्रीमान् प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् । रेश्मा नेपाली म्युजिक भिडियोमा सफल मोडल हुन् ।