‘रातो टिका निधारमा’ औपचारिक घोषणा साम्राज्ञीको जोडीमा शर्मा पुत्रको डेब्यु


सेलिब्रेटी नेपाल

काठमाडौँ:चलचित्र ‘रातो टिका निधारमा’ को औपचारिक घोषणा गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर चलचित्रको औपचारिक घोषणा ।अशोक शर्माले निर्देशन गर्ने चलचित्रबाट उनले छोरा अंकितलाई लिड रोलमा डेब्यु गराउदैछन् । चलचित्र घोषणा कार्यक्रममा अंकितले अलिक फरक तरिकाले इन्ट्री गरेका थिए । कुमारीको पर्दामा सम्पूर्ण परिवार तथा टिमलाई फोटोसहित सार्वजनिक गरियो भने, अंकितले पर्दा हुँदै प्रेसमिटमा इन्ट्री गरे । अंकितले मलेसियाबाट डिजिटल फिल्म एण्ड टेलिभिजनको कोर्षमा ब्याचलर सकाएका छन् ।

उनको इन्ट्रीसँगै कार्यक्रम अगाडी बढेको थियो । चलचित्रमा उनले साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँध्नेछन् । त्यस्तै निता ढुंगानाले रविन्द्र झासँग जोडी बाँध्दा, बुद्दि तामाङ र खुश्बु खड्काको जोडीलाई दर्शकले पहिलो पटक पर्दामा हेर्न पाउने छन् । कलाकार र प्राविधिक स्टेज चढ्दै गर्दा अभिनेत्री लक्ष्मी गिरीले सबैलाई रातो टिका लगाई दिएर स्वागत गरेकी थिइन् ।

चलचित्रको छायाँकन जेठ १० गतेबाट सुरु हुनेछ । छायाँकनको सुरुवातमा चलचित्रको शिर्ष गीतलाई भव्य सेटमा खिचिने निर्देशक शर्माले जानकारी दिए । जसमा साम्राज्ञी र अंकितलाई फिचर्ड गरिनेछ । चलचित्रमा बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठलगायतको पनि मुख्य भूमिका रहनेछ ।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण हुने चलचित्रमा किरण शर्मा र कृति शर्मा निर्माताको रुपमा रहनेछन । निर्देशक शर्माकी छोरी कृतिले उनलाई निर्देशनमा सहयोग गर्नेछिन् ।चलचित्रमा शम्भुजित बाँस्कोटा/कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स रहनेछ । चलचित्र आगामी दशैंमा सार्बजनिक प्रदर्शनमा ल्याउने निर्माण पक्षको तयारी रहेको छ ।