गीतकार रत्नशमशेर थापाको निधन


सेलिब्रेटी नेपाल

काठमाडौँ: वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन भएको छ । बिहीबार दिउँसो १२ बजे नर्भीक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको ८१ वर्षको उमेरमा निधन भएको हो । थापाको ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो, जाग-लम्क-चम्क हे नौजवान हो, विछोडको पीडा नसकी खप्न, घुम्तीमा न आऊ है लगायतका थुप्रै गीत चर्चित छन् ।