राजु गिरीको ‘निर्जला’ एक्लै प्रदर्शनमा


सेलिब्रेटी नेपाल काठमाडौँ

फ्राईडे रिलिज अन्तर्गत राजु गिरीको निर्देशनमा बनेको चलचित्र ‘निर्जला’ प्रदर्शनमा आएको छ । हप्ता तिन चार चलचित्र प्रदर्शन भईरहेको समयमा ‘निर्जला’ले सिगंल रिलिजको अवसर पाएको हो । प्रकाशचन्द्र न्यौपानेले चलचित्रमा लगानी गरेका छन् ।

दशैंको अवसरमा रिलिज भएको चलचित्रमा किशोर खतिवडा, शुभेच्छा थापा, निक शर्मा, श्याम राई, सुरवीर पण्डित, राजकुमार थापा, पल्पसा डंगोल, शारद गिरी रश्मी भट्ट लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । चलचित्रमा शुभेच्छा थापाको कथा, रवि कोइरालाको छायांकन, क्रान्ति केसीको कोरियोग्राफी, अशोक खड्काको द्धन्द्ध, कमल राई, तारा थापा किम्भेको सम्पादन रहेको छ ।