राजा रानी बने राजु र एलिसा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

आज भोलि नयाँ नेपाली गीत र म्युजिक भिडियो दैनिक थुप्रै सार्बजनिक भई रहेका हुन्छन । कति आउछन दर्शक श्रोताले थाहा नै पाउन्नन् भने कति पयले दर्शक श्रोताको राम्रो साथ पनि पाउने गर्दछन् । कति पय भने गीत र भिडियो राम्रो हुँदा हुँदै पनि दर्शकको मनमा बस्न सकेका हुदैनन् । गायक सन्जिब पराजुलीको र बानीका प्रधानको स्वरमा रहेको प्रेम रंग बोलको गीत र भिडियो उत्कृस्ट बनेको छ होमनाथको शब्द रचना र दिपक भट्टराईको सांगेत रहेको गीतको भिडियो नयाँ शैलीमा निर्माण गरिएको छ । मोडल राजु कान र एलिसा राइको अभिनय रहेको भिडियो लाइ शशांक कंडेलले निर्देशन गरेका हुन् भने उत्सब दाहालले छायांकन र निशान घिमिरेले सम्पादन गरेका हुन् । कलाकार लाइ राजा र रानीको कन्सेप्टमा भिडियोमा प्रस्तुत गरिएको छ ।