पुजाको ‘रामकहानी’ पहिलो गीत सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेत्री पूजा शर्माले जन्मदिनको अवसरमा आफ्नो चलचित्र ‘रामकहानी’ को पहिलो गीत सार्वजनिक गरेकी छन् । ‘तिम्रो लागि म छु…’ बोलको गीतमा पूजासँगै आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल र विल्सनविक्रम राईले कम्मर मर्काएका छन् । स्मरण रहोस गत वर्ष रिलिज ‘म यस्तो गीत गाउँछु’को ‘भन्छु आज’ बोलको गीत पनि पूजाले अघिल्लो जन्मदिनको अवसरमै सार्वजनिक गरेकी थिइन् । जुन गीत सुपरहिट बनेको थियो । चलचित्र ‘रामकहानी’ भदौ २२ बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

अर्जुन पोखरेल शब्द/संगीतमा बनेको गीतमा अन्जु पन्त र सुगम पोखरेलले स्वर दिएका छन् । गीतमा कोरियोग्राफी भने कविराज गहतराजले गरेका छन् । गीतलाई धुर्मुस-सुन्तलीले निर्माण गरेको रौतहटको एकीकृत नमुना बस्ति सन्तपुरमा छायाँकन गरिएको हो । सुदर्शन थापा निर्देशित चलचित्रमा पूजासँगै सुदर्शनको पनि लगानी रहेको छ । चलचित्रमा पुजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल र विल्सनविक्रम राई,रविन्द्र झा, राजाराम पौडेल, शिशिर राणा, बिशाल पहारी, शोभित बस्नेत लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।